(१) केन्द्रसंग सम्बन्धित काम कारवाहीको सिलसिलामा नेपालभित्र रहँदा समितिको सदस्य, केन्द्रको निर्देशक तथा उप–निर्देशकलाई नेपाल सरकारले सम्बन्धित कुटनैतिक वर्गमा समावेश गरी प्रचलित कानुनबमोजिम कुटनैतिक व्यक्तिलाई दिए सरहको सुविधा तथा उन्मुक्ति
प्रदान गर्नेछ ।
(२) कर्मचारीलाई केन्द्रसँग सम्बन्धित आफ्नो कर्तव्य पालनको सिलसिलामा नेपालभित्र रहँदा सन् १९६५ सेप्टेम्बर २८ देखि नेपाल पनि पक्ष भएको सन् १९४७ नोभेम्बर २१ मा पारित संयुक्त राष्ट्र संघीय विशेष संस्थाहरूको सुविधा तथा उन्मुक्ति सम्बन्धी सन्धिपत्र अनुसारको सुविधा तथा उन्मुक्ति प्रदान गरिनेछ ।
(३) यस दफा बमोजिमको सुविधा तथा उन्मुक्ति केन्द्रको अनुरोधमा नेपाल सरकारद्वारा प्रदान गरिनेछ ।
(४) केन्द्रले यस दफाबमोजिम सुविधा तथा उन्मुक्ति पाउन सक्ने व्यक्तिको नाम, पद, राष्ट्रियता तथा कामको प्रकृति समेतको विवरण र त्यसमा भएको हेरफेर समेत नेपाल सरकार, पराराष्ट्र मन्त्रालयलाई दिनुपर्नेछ ।
(५) यस दफा बमोजिमको सुविधा तथा उन्मुक्ति प्राप्त गर्नको लागि सम्बन्धित व्यक्तिले केन्द्रद्वारा दिइएको आफ्नो परिचयपत्र आवश्यकता अनुसार देखाउनु पर्नेछ ।
(६) यस दफाबमोजिम प्रदान गरिने सुविधा तथा उन्मुक्तिको अतिरिक्त नेपाल सरकारले आवश्यक देखेका अन्य सुविधा तथा उन्मुक्ति प्रदान गर्न यस दफाको कुनै कुराले बाधा पुर्याएको मानिने छैन ।
(७) यस दफामा अन्य जुनसुकै कुरा लेखिएको भएतापनि नेपाली नागरिकलाई यस दफा बमोजिमको सुविधा दिइने छैन ।